विदेश जानुभन्दा बाख्रा पाल्न ठीक
तनहुँ | माघ ९, २०७९
तनहुँ: गाउँघरमा प्रशस्त जमिन भए पनि प्राय: युवा स्वदेशमा कृषि पेसा गर्नुभन्दा विदेश जान मरिहत्ते गर्छन्। उनीहरू पुख्र्यौली जग्गा जमिन बाँझो राखी लाखौँ रुपियाँ ऋण लिएर विदेशमा भौँतारिन्छन्।
कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ। यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताएका छन्। म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाउनुभएको छ। खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गर्नुभएको छ। बाख्रापालन र तरकारी खेतीबाट मासिक ५० हजार रुपियाँ बचत हुने गरेको छ।
युवा कृषक खड्काले सञ्चालन गरेको कृपा कृषि तथा पशु फर्ममा २८ वटा बाख्रा रहेका छन् । उहाँ भन्नुहुन्छ, विदेश गएको भए यतिको कमाइ हुन्थ्यो कि हुन्थेन कुन्नी ? मैले त स्वदेशमै काम गर्दा अरूहरूलाई पनि रोजगारी दिएको छु।
घरमा श्रीमती, छोरा र बुबाआमासहित १० वर्ष अघिदेखि नै कृषिमा पेसामा लाग्नु भएको छ। अरबको तातो भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा कृषि पेसा गर्न उचित लागेर विदेश नगएको खड्काले बताउनुभयो। काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानु नपर्ने रहेको छ खड्काले थप्नुभयो, बाख्रापालनबाट मासिक ३० देखि ३५ हजार रुपियाँ र तरकारी खेतीबाट मासिक १५ हजारभन्दा बढी आम्दानी हुने गरेको छ।
उहाँले आफ्नै जग्गामा बाख्राका लागि डाले घाँस खेती गर्नुभएको छ। “बाख्राको मलबाट डाले घाँस र तरकारी खेती फस्टाउने भएकाले व्यवसायमा सफलता मिलेको छ,” खड्काले भन्नुभयो।
स्थानीय खरी जातको बाख्राको मूल्य राम्रो हुने र रोग पनि कम लाग्ने हुँदा बाख्रा व्यवसायमा आफूलाई सन्तुष्टि मिलेको खड्काले बताउनुभयो। करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको खड्काले बताउनुभयो। “बजार नजिक भएकाले बिक्रीका लागि समस्या छैन,” खड्काले भन्नुभयो।
हालसम्म कुनै पनि सङ्घ संस्थाबाट अनुदान रकम नपाएका खड्काले “गाउँमा अन्नबाली, फलफूल तथा तरकारी खेती तथा पशुपालनका लागि प्रशस्त जमिन भएमा कृषि पेसा अँगाल्न सुझाव दिनुभयो। विदेशमा पसिना बगाउन जाने सोचाइ परिवर्तन गरी स्वदेशमै केही व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

